पर्वतमा रहेको एसियाकै ठूलो ढुंगा पर्यटकको पर्खाइमा

२६ मंसिर, पर्वत ।

पर्वतको महाशिलामा रहेको एसिया कै ठूलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण भैइरहेका छन् । खेतको बीचमा एउटा विशाल ढुंगा छ, जसको पुरानो नाम मेहल ढुंगा हो । महाशिला गाउँपालिकामा पर्ने यो ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दावी छ ।

Advertisement

करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको महाशिला ढुंगा पर्वत घुम्न आउने पर्यटकका लागि आर्कषणको केन्द्र बनिरहेको छ । विगतमा प्रचार प्रसारको अभावका कारण यो ढुंगाको खासै चर्चा हुने गरेको थिएन् । पर्वत सदरमुकाम कुश्माबाट डेढ घण्टा सडक यात्रा गरेपछि महाशिला ढुंगा पुग्न सकिन्छ । मोटरबाटोको सुविधा पुगे पनि पर्यटकहरु भने खासै पुगेको पाइदैन । तर अहिले गाउँपालिकाको पहलमा बाटो मर्मत, देवीका मूर्तिहरु निर्माण र होमस्टे सञ्चालन गरिएको छ ।

Advertisement

यस्तै महाशिला ढुंगालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन ‘महाशिला पर्यटन विकास समिति’ समेत गठन गरिएको छ । गण्डकी प्रदेश सरकारले महाशिलामा पूर्वाधार निर्माणको लागि ८२ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ । यसबाहेक पानी धारा निर्माणको लागि गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको र सोही योजनाअनुरुप १ सय ८ धारा निर्माण सम्पन्न भइसकेको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि महाशिला ढुंगा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यसलाई उचित व्यवस्थापन गर्नको लागि गाउँपालिकाले काम गरिरशेको छ । गाउँपालिकाले १ सय ८ फिट भगवान शिवको मुर्ति निर्माणको गर्ने योजना समेत बनाएको छ।

दीर्घकालिन योजना अनुसार महाशिला क्षेत्रभित्र शिला परिक्रममा गर्नका लागि सिसाको पुल बनाउने, संस्कृति विद्यालयको स्थापना गर्ने, दुई सय ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउने लगायतका योजनाहरु पनि गाउँपालिकाले बनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top