मैले जनतासमक्ष प्रतिवद्धता जनाएका परियोजनाहरु शुरु गर्न सकिनँ : मेयर शाक्य

२६ मंसिर, काठमाडाैँ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको स्वीकार गरेका छन । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तराष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना शुरु गर्न नसकिएको बताए ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताएका हुन । काठमाडौं महानगरपालिकाको हरि भवन पुननिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण शुरु गर्न नसकिएको बताए । तरपनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको बताए ।

Advertisement

महानगरबासिलाई एउटै भवनबाट सेवा दिने प्रतिवद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको बताए । उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिवद्धता जनाएपनि प्राविधिक कारणले निर्माण कार्य गर्न नसकिएको बताए । चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नभएकाले महानगरपालिकाले ल्याएको मोनोरेल निर्माण गर्ने कार्यको शुरुवात गर्न नसकिएको बताए ।

यस्तै तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन नसकिएको पनि बताए । बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न नसकिएको बताए । यस्तै काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ । काठमाडौंको भृकुटी मण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको बताए । तर सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिएपनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको बताए ।

Advertisement

महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल निर्माण गर्ने भनिएपनि काम गर्न नसकिएको बताए। काम गर्न खोज्दा खोज्दैपनि विरोध गर्ने प्रवृतिले गर्दा आयोजनाहरुलाई अगाडि बढाउन समस्या हुने गरेको बताए । कुनैपनि कामको विरोध गर्ने प्रवृतिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top