एजेन्सी । ऋतिक रोशनलाई सुपरहिरोका रुपमा स्थापति गर्ने क्रृष फ्रेन्चाइजको चौंथो संस्करण बन्दैछ ।
यस पटक क्रृषमा ऋतिकसँगै एक महिला सुपरहिरो रहने बताइएको छ । त्यस्तै फिल्ममा ऋतिक चार फरक भूमिका निर्वाह गर्दैछन । बलिउड हंगामाका अनुसार हाल फिल्मकै लागि राकेश रोशन स्क्रिप्टमा काम गरिरहेका छन । यस पटक कोही मिल गयाको जादु पात्र पुनः देखाउने कुरा भइरहेको छ । फिल्मका लागि कायरा अडवानीलाई प्रस्ताव राखिएको छ ।