सञ्चालनमा आयो नेपालको पहिलो वन्यजन्तु अस्पताल

२६ मंसिर ७७, शनिबार

२६ मंसिर, चितवन ।

नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले आज शुभारम्भ गरे।

विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्नेछ । बर्दिय राष्ट्रिय निकुञ्जलगायत देशका अन्य भागमा घाइते तथा रोगी भएका वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको थियो ।

Advertisement

विस २०७१ सालमा अस्पताल निर्माण शुरुआत गरिएको थियो । एक वर्षअघि नै निर्माण सम्पन्न भएपनि अस्पतालमा आवश्यक उपकरण तथा औषधि अभावमा सञ्चालनमा आउन सकेको थिएन । अस्पताल निर्माणमा करिब रु तीन करोड ९० लाख ८४ हजार खर्च भएको कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिए।

अस्पताल निर्माण गर्न सरकार, डब्लुडब्लुएफ नेपाल, डेनभर जुको पनि सहयोग प्राप्त भएको थियो । सुविधा सम्पन्न दुई तले भवनबाट वन्यजन्तुको ओपिडी, ल्याब, शल्यक्रिया कक्ष, अफिस, डिस्पेनसरी, कर्मचारी अवास र बैठक कक्ष रहेका छन् । यसअघि वन्यजन्तुलाई उपचार गर्न बहोस बनाउन डाट गर्ने गरिदैँ आइए पनि अब अत्याधुनिक प्रविधिबाट ग्यास प्रयोग गरी वन्यजन्तुलाई असर नपर्ने गरी उपचार गर्न सकिने चिकित्सक जनाएका छन् ।

Advertisement

अस्पताल सञ्चालनका लागि चितवन राष्ट्रिय निकुञ्ज र कोषले संयुक्तरुपमा ‘वन्यजन्तु अस्पताल व्यवस्थापन कार्यविधि २०७७’ तयार गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । अस्पताल सञ्चालनका लागि निकुञ्जको कार्यालयको भेटेरीनरी शाखका कर्मचार, वन्यजन्तु प्राविधिक र पशुचिकित्सको व्यवस्था गरिएको छ ।रासस

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top