×

NEPAL TIMES UPDATES

Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026

कोरोना विरुद्धको खोप : आपूर्तिका लागि ४८ अर्बको वित्तीय व्यवस्थापन

२७ मंसिर २०७७

काठमाडौँ:  बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने हो भन्ने उत्सुकता जागेसँगै वित्तीय व्यवस्थापन पनि हुन थालेको छ ।

खोपका लागि वित्तीय सुनिश्चितता गर्न अर्थ मन्त्रालयले ४८ अर्ब रुपियाँको व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिनुभयो । वित्तीय व्यवस्थापनसँगै खोप उत्पादक मुलुकमा आपूर्तिका लागि कूटनीतिक नोट पठाइसकेको छ । खोप कहिलेसम्म आइपुग्छ भन्ने निश्चित त छैन तर खोप आपूर्ति गर्ने अन्तर्राष्ट्रिय संस्था गाभीको सक्रियतामा खोपलाई सहज गर्नका लागि कोभ्याक्स सहजीकरण गठन भइसकेको छ ।

Advertisement
Advertisement

खोपका लागि नेपाल सरकारले गृहकार्यलाई अगाडि बढाएको छ । बेलायती कम्पनी फाइजरलगायत मोर्डेना, अक्सफोर्ड एस्टाजनिका र ग्यामेलिया गरी चारवटा कम्पनीले खोपको प्रारम्भिक नतिजा ल्याइसकेका छन् । उक्त नतिजा ९० प्रतिशतभन्दा माथि सफल रहेको छ । परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. गौतमले नेपालीको पहुँचमा छिटै कोरोना विरुद्धको खोप पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चार कम्पनीमध्ये भण्डारण गर्नुपर्ने तापक्रम भने फरक रहेको जानकारी दिँदै फाइजर कम्पनीको खोप माइनस ७० डिग्री सेन्टिग्रेडमा प्राविधिक पक्ष छ । जुन नेपालमा हालको अवस्थामा सम्भव छैन । त्यसको संरचना सुरुदेखि नै बनाउनुपर्ने हुन्छ । मोर्डेनाको खोप माइनस २० सेन्टिग्रेड तथा ग्यामेलिया र अक्फोर्ड एस्टाजनिकाका दुईदेखि आठ डिग्री सेल्सियससम्म राख्नुपर्ने हुन्छ । दुईदेखि आठ डिग्रीसम्मका खोप नेपालमा भण्डारण गर्ने क्षमता रहेको छ । यस्तै माइनस २० डिग्रीको पनि नेपालमा भण्डारण हुनेछ ।

सरकारले नेपालमा खोप ल्याउन विभिन्न समिति तथा उपसमितिहरू निर्माण गरिसकेको छ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ र परराष्ट्र मन्त्रालयका सचिव स्तरीय उच्च स्तरीय समितिसमेत बनाइसकेको छ । त्यस्तै प्राविधिक रूपमा अध्ययन तथा सुझाव दिई खोप नेपालमा सहज रूपमा ल्याउनका लागि विज्ञ समूह गठन गरेको छ । जसमा डा. श्यामराज उप्रेतीको संयोजकत्वमा डा. बालकृष्ण सुवेदी, डा. जिडी ठाकुर, डा. प्रदीप ज्ञवाली र सदस्य सचिवका रूपमा डा. झलक गौतम हुनुहुन्छ ।

ती बाहेकका उपसमूहले चिस्यान भण्डारण कार्य योजना तयार गर्नेछ । यस्तै खोपलाई सहज बनाउनका लागि विभिन्न आठवटा उपसमूह बनेको सदस्य सचिव डा. गौतमले जानकारी दिनुभयो । विभिन्न प्राविधिक विषयमा छलफल गरेर अघि बढ्न उक्त उपसमूह बनाइएको हो । त्यसलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको छ, गौतमले थप्नुभयो, “कसैले सचिवालय सञ्चालन गर्नेछन्, कतिले खोप भण्डारणको व्यवस्थापन गर्नेछन्, कतिपय सूचना सञ्चारको विषयमा हेर्नेछन् भने अर्को समूहले खोपको गुणस्तरको विषय हेर्ने र अनुगमनका विषयमा पनि उपसमितिले हेर्नेछ ।

कानुनी अड्चन फुक्यो
सरकारले कानुनी अड्चन फुकाउन अध्यादेशमार्फत औषधि ऐन, २०३५ लाई संशोधन गरिसकेको छ । आकस्मिक रूपमा खोप वा औषधि ल्याएर प्रयोग गर्ने वा दर्ता प्रक्रियालाई सहज बनाउनका लागि अध्यादेश ल्याइएको हो । खोप बनिहाल्यो र आकस्मिक रूपमा ल्याउनुप¥यो
भने दर्ता गर्नलाई समस्या नहोस् भनेर अध्यादेश ल्याइएको हो ।

खाडल हटाउन कोभ्याक्स
कोभ्याक्सले खोप बनिसकेपछि गरिब र धनीबीचमा खाडल नहोस् भन्ने मुख्य उद्देश्य हो । धनीले पाउने र गरिबले नपाउने भन्ने नहोस् भनेर यो गठन गरिएको हो । खोप सूचीकृत भइसकेपछि छिटो, समान तरिकाले पहुँच पु¥याउने र प्रभावकारी खोपहरू सबैलाई समान ढङ्गले वितरण गर्ने किसिमले संयन्त्र बनेको छ । त्यसमा नेपाल पनि सहभागी छ । यो संरचनाले दुई अर्ब खोप बनाउँदै गरेको खोप कम्पनीसँंग सम्झौता गरिरहेको छ । त्यहाँबाट दुई अर्ब खोप कोभ्याक्स अन्तर्गतका कम्पनीलाई दिइनेछ । त्यो खोप आइसकेपछि नेपालजस्तै १८० भन्दा बढी मुलुकले पाउने छन् ।

एड्भान्स मार्केट कमिटमेन्टमा नेपालसहित ९२ देश रहेका छन् । यी गरिब र न्यून आय भएका मुलुक हुन् । यस्ता मुलुकलाई समानताको आधारमा खोप वितरण हुनेछ । त्यसो हँुदा नेपालको २० प्रतिशत जनसङ्ख्यालाई खोप पुग्छ । त्यो खोप सङ्ख्या ६० लाख जनसङ्ख्यालाई पुग्नेछ । यो सहुलियत दर वा निःशुल्क पनि हुनसक्छ । नेपालले निःशुल्क रूपमा कुरा उठाइरहेको अधिकारीहरूले जानकारी दिएका छन्  । पहिले आउँदा सहुलियत दरमा दिने भन्ने कुरा आएको थियो । त्यसका लागि नेपालले निवेदन पठाइसकेको छ । त्योभन्दा बाहेकको खोपको आवश्यकता पर्छ । सरकारले नेपालको ७२ प्रतिशत जनसङ्ख्यालाई खोप दिने तयारी गरेको छ ।

Advertisement

भण्डारणमा समस्या
नेपालमा दुईदेखि आठ डिग्रीको खोप राख्न सुरुको चरणमा त्यति समस्या हुनेछैन । अहिले भइरहेको संरचनामा उक्त खोप राख्न मिल्नेछ । नियमित खोपको संरचनालाई प्रयोग गर्न सकिन्छ । माइनस २० डिग्रीका लागि पनि केही क्षमता नेपालमा रहेको छ । माइनस ७० डिग्रीको लागि नेपालसँंग क्षमता छैन ।,याे समाचार गाेरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top