जाडोमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्ने खतरा

२६ मंसिर ७७, शनिबार

विज्ञ चिकित्सकले गर्मीको तुलनामा जाडोमा कोरोना संक्रमणबाट हुने मृत्युदर बढ्ने खतरा औंल्याएका छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि मृत्यु दर भने घट्न सकेको छैन। नेपालमा दैनिक औसत पाँच हजारजना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या २२ देखि ३२ सम्म थियो। हाल दैनिक एक हजारदेखि १२ सयको दरले संक्रमित थपिएका छन्, मृत्यु हुनेको संख्या १५ देखि २० हाराहारी छ।

कोरोना संक्रमण घटेकै बेला संक्रमितको मृत्यु घट्नुको सट्टा बढ्ने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनको अनुभवमा वृद्धवृद्धा होम आइसोलेसनमा छन्, उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी दिन नसकेर उपचारमा ढिलाइ हुँदा मृत्युदर बढेको छ। यो दर जाडोमा अझै बढ्ने स्थिति छ। ‘होम आइसोलेसनमा रहेका ८० प्रतिशतभन्दा बढी आमाबुवाले मोबाइल चलाउँदैनन्’, पुनले भने। मोबाइल नचलाउँदा उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे परिवारका सदस्यलाई समयमै खबर दिन सकेका छैनन्। राजधानीमा मानिस व्यस्त रहने र केही हुँदैन भनेर बस्ने क्रममै उपचारका लागि ढिलो भइसक्ने डा. पुनले बताए।

संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्नुपर्छ र व्यवसायमा घाटा पर्छ भन्ने सोचले पनि परीक्षण नगराउनु, कन्ट्याक्ट ट्रेसिङ नहुनु, जाडो महिनामा कोरोना भाइरस धेरै दिनसम्म जीवित रहनु, अन्य फ्लुको संक्रमण पनि बढ्नुजस्ता कारणले गर्मीको तुलनामा जाडोमा कोरोनाबाट बढी मृत्यु हुने सम्भावना रहेको चिकित्सकले औंल्याएका छन्।

Advertisement

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानाका अनुसार पहिलो लहरको कोरोना संक्रमण सकिएर जाडोमा दोस्रो लहर आउने स्थिति रहेको र त्यसको असर गम्भीर हुन सक्ने सम्भावना छ। ‘नयाँ रोग भएकाले दोस्रो लहरको प्रभाव अहिलेको भन्दा कडा हुन सक्छ’, उनले भने। युरोप तथा अन्य पश्चिमी देशहरूमा दोस्रो लहरको कोरोना संक्रमण भइसकेको उनले बताए।

डा. ढुंगानाका अनुसार जाडोमा संक्रमणको दर बढ्न सक्ने र यसले मृत्युदर पनि बढाउन सक्छ। बढ्दो प्रदूषणबाट उत्पन्न धुलोका कणहरू श्वास–प्रश्वास नलीमा अड्किने र दम तथा सिओपिडीका रोगीहरूलाई कोरोना संक्रमण भएमा मृत्युको जोखिम बढ्न सक्छ।, यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top