ललितपुरका फुटपाथमा जथाभावि थुके कारबाही गरिने

२८ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान सुरु गरेको छ ।

सडक छोउमा राखिने पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समाग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान सुरु गरेको हो ।

आइतबार एक कार्यक्रम आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गरे । सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताए ।

कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने स्पष्ट पारे । यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण सामग्री राख्ने लगायतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ ।

सडक छेउमा रहेका विजुलीका पोलहरुमा जथाभावि तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने मेयर महर्जनले बताए । उनले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरबासीको सहयोग अनिवार्य रहेको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top