अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

२९ मंसिर, एजेन्सी । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउनेछन् । अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइनेछ । भोली अरु ४ सय २५ ठाउँमा खोप दिइने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज उपलब्ध छ ।

अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ । ती कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

Advertisement

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्म अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्नेछ । यो खोप दुई डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनुपर्ने हुन्छ । पहिलो चरणको खोपले ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख नागरिकलाई पुग्नेछ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया र बहराइनले अनुमति दिइसकेका छन् । कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म एक करोड ६७ लाख ११ हजार कोरोनाबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाखभन्दा धेरैको ज्यान गएको छ भने ९७ लाख १३ हजार निको भएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top