विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार पक्राउ

२८ मंसिर ७७, सोमबार

२९ मंसिर, कञ्चनपुर ।
विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पक्राउ गरेको छ ।

मानव ओसारपसार तथा बेचबिखन मुद्दामा वारदातदेखि फरार रहेका भीमद नगरपालिका–८ का पवन जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।

उनका अनुसार जोशी मङ्सिर २३ गते वारदात गरेदेखि फरार रहेका थिए । पक्राउ परेकामाथि आवश्यक कारवाहीका लागि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी कानूनबमोजिम कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

मानव ओसारपसार तथा बेचबिखन मुद्दामा उच्च अदातबाट दोषी ठहर भई १० वर्ष कैद र रु एक लाख जरिवाना सजाय फैसला भएका कैलालीको साविक बेलादेवीपुर गाविस–३ सेरी बस्ने ३३ वर्षीय बमबहादुर सार्कीलाई घर ठेनागामै लुकीछिपी बसेको बेला पक्राउ गरिएको छ ।

लागुऔषध खैरो हिरोइन मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–१३ बस्ने २२ वर्षका धीरज भट्ट र सोही ठाउँ बस्ने २३ वर्षका सुरेश ऐरलाई घरमा लुकीछिपी बसेको बेला पक्राउ गरी आवश्यक अनुसनधान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top