भारतीय किसानहरुद्वारा दिल्ली–जयपर राजमार्ग बन्द, आज एकदिने अनशन

२८ मंसिर ७७, सोमबार

२९ मंसिर, एजेन्सी ।
भारतमा ‘दिल्ली चलो’ आन्दोलनको १८ दिन पुरा भएको छ ।

केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी नयाँ कानूनको विरोधमा भारतीय किसानहरुले आन्दोलन जारी राखेका छन् । यसबिचमा सरकार र किसानबिच भएका वार्तामा कुनै पनि सहमति भएका छैनन् ।

पञ्जाब, हरियाण, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले सोमबार दिल्ली–जयपर राजमार्ग बन्द गरेका छन् । उनीहरुले राजमार्गमा बसेर प्रदर्शन गरेका छन् ।

Advertisement

कृषि बिलहरुको विरोधमा आज किसान संगठनका नेताहरुले एक दिनको अनसन पनि राखेका छन् । आन्दोलित किसानले दिल्लीको मार्ग रोकेको भए पनि हरियाणा पुलिसले उनीहरुलाई राजस्थानसँग जोडिएको सीमामै रोकेको छ ।

सो प्रदर्शनको नेतृत्व किसान युनियनको संयुक्त मोर्चासँग जोडिएको नर्मदा बचाउ आन्दोलनकी मेधा पातकर, स्वराज इन्डियाका योगेन्द्र यादवसहितका व्यक्तिले गरेका छन् । अहिले दिल्ली–जयपुर राजमार्ग बन्द रहेको छ । यस्तै हरियाणाबाट दिल्ली आउने सबै सडकमा किसानले प्रदर्शन तथा धर्ना गरेका छन् ।

Advertisement

सरकारले ल्याएका तीन कृषि कानून किसान विरोधी र व्यवसायिक घरानालाई पोस्ने खालको रहेको आन्दोलित किसानको आरोप छ । आइतबार नरेन्द्र मोदी सरकारको तर्फबाट भनिएको थियो कि कृषि मन्त्री नरेन्द्र तोमरसँग भेटेर केही किसान संगठनले नयाँ कृषि कानूनको समर्थन गरेका छन् ।

आन्दोलनमा रहेका किसान युनियनहरुले कानूनको समर्थन गर्ने किसान संगठनसँग आफूहरुको कुनै सम्बन्ध नरहेको बताएका छन् । भारतीय किसान युनियनका गुरमान सिंहले कृषि कानूनको समर्थन गर्नेहरु सरकारको जालमा आएको बताएका छन्।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top