दाङमा गुडिरहेको बसमा आगलागी

२९ मंसिर ७७, सोमबार
Share this
761shares

२९ मंसिर, दाङ ।
दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ।

Advertisement

बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो। मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए।

आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ। गाडीमा १५–१६ जना यात्रु भएको प्रहरीले बताएको छ। (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top