बहराइनले दियो चिनियाँ कोरोना खोपको प्रयोगलाई स्वीकृति

२९ मंसिर, एजेन्सी । बहराइनले चीनले बनाएको कोरोनाभाइरसविरुद्धको खोपको प्रयोगका लागि स्वीकृति दिएको छ । चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्‍वान गरेको छ ।

आइतबार बहराइनको राष्ट्रिय स्वास्थ्य नियामक प्राधिकरण(एनएचआरए) ले सिनोफार्मले बनाएको कोरोना खोपको प्रयोगका लागि अनुमति दिएको हो । एनएचआरएले सिनोफार्मले बनाएका दुई वटा कोरोना खोपमध्ये कुन खोपलाई अनुमति दिएको हो भन्नेचाहिँ खुलाएको छैन । तर तेस्रो चरणको चिकित्सकीय परीक्षणमा उक्त खोप ८६ प्रतिशत प्रभावकारी देखिएकाले प्रयोगको अनुमति दिइएको एनएचआरएले जनाएको छ ।

बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षभन्दा माथिका नागरिकले कोरोना खोप लगाउन दर्ता गर्न सक्ने बताएको छ । बहराइनले नागरिकलाई कोरोना खोप निःशुल्क उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

Advertisement

यसअघि यूएईमा गरिएको परीक्षणमा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता ८६ प्रतिशत देखिएको बताइएको थियो । यूएईले १२५ देशका करिब ३१ हजार व्यक्ति उक्त खोपको परीक्षणमा सहभागी भएका थिए । गत महिना सिनोफार्मले करिब १० लाख मानिसले आफूले बनाएको कोरोना खोपको आपत्कालीन रुपमा लगाएको बताएको थियो । उक्त खोपको परीक्षण अर्जेन्टिना र मोरक्कोमा समेत भएको बताइएको छ । पेरुले भने सहभागी व्यक्तिमा साइड इफेक्ट देखिएको उल्लेख गर्दै सिनोफार्मको कोरोना खोपको परीक्षण रोकेको छ ।

सोमबारदेखि कोरोना खोप अभियान सुरु गर्दै अमेरिका
चीनले आधिकारिक रुपमा कोरोना खोप लगाएका व्यक्तिको जानकारी उपलब्ध नगराएका कारण भने यसको प्रभावकारिताबारे जनस्वास्थ्यविद्हरुले आशंका व्यक्त गरेका छन् ।

Advertisement

मिडिया रिपोर्टहरुमा आधारित भएर गार्जियनले प्रकाशित गरेको समाचारअनुसार सिनोफार्मले यही वर्ष करिब १० करोड डोज कोरोना खोप उत्पादन गर्नेछ । साथै उत्पादन क्षमता ३० करोड डोजसम्म पुग्न सक्ने सम्भावना रहेको पनि बताइएको छ । गत हप्ता चिनियाँ स्वास्थ्य अधिकारीहरुले यस वर्षभित्रै चीनले करिब ६० करोड डोज कोरोना खोप उत्पादन गरी बजारमा पठाउने बताएका थिए ।

बहुराष्ट्रिय कम्पनी फाइजरले बनाएको कोरोना खोप प्रयोगका लागि बेलायत, बहराइन, क्यानडा, साउदी अरबले अनुमति दिइसकेका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले भने सोमबारदेखि फाइजरको कोरोना खोप अभियान सुरु गर्ने बताएको छ ।

चिकित्सकीय परीक्षणमा फाइजरको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको थियो । यो खोप २१ दिनको अन्तरमा दुई डोज दिनुपर्ने बताइएको छ । तर यो खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद् बताउँछन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top