आन्दोलन गर्ने किसान विचौलिया रहेको चिनी उद्योगीको आरोप

२९ मंसिर, काठमाडौं । चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान बास्तविक किसान नै नभएको आरोप लगाएका छन् ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको बताएका हुन् । मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरुले आन्दोलन गर्न आउने व्यक्तिहरु उखु किसान नभएर विचौलिया भएको बताएको उल्लेख गरे । विचौलियाहरुले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरुले बताएको मन्त्री भट्टले बताउनुभयो । उद्योगीहरुले शुरुमा किसानलाई भुक्तानी दिएर पछिमात्रै विचौलियाहरुलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरुलाई सुनाए । उनले भने ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका विचौलियाहरु प्नि रहेछन भने उहाँहरुबाटै थाहा पाएं । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतघिर मण्डलामा बस्ने किसान संघर्ष समितिको नाममा व्यापार गर्ने कुरो मिल मालिकहरुले भनेको आरोप लगाएको कुरा हो । त्यो भएर तपाईहरु आफ्नो तर्फबाट अलि अन्वेषण गर्न पर्यो त्यो के हो भन्ने हामी मन्त्रालयले पनि अध्ययन गरिराखेका छौं ।’

मन्त्री भट्टले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताए । उनले अहिले किसानहरुले इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्सको समस्या भएको पनि बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top