कोरोनाका कारण वडाध्यक्ष लामाको मृत्यु

२९ मंसिर ७७, सोमबार

२९ मंसिर, दोलखा । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे निधन भएको हो । अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो । उनलाई २४ गते कोभिड पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top