Nepal Times
Nepal Times
3
Shares

जिम्मेवार नागरिकको नाताले चुप बसेपनि अब स्पष्टीकरण दिन बाध्य हुँदैछुः मनोज गजुरेल

जिम्मेवार नागरिकको नाताले चुप बसेपनि अब स्पष्टीकरण दिन बाध्य हुँदैछुः मनोज गजुरेल

३० मंसिर, काठमाडौं । हास्य-व्यङ्ग्य कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

पूर्वश्रीमतीको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई समेत असर पुर्याएको उनको भनाइ छ । फेसबुकमा स्टाटस लेख्दै उनले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको उल्लेख गरेका छन् ।

डिभोर्सका बेला छोरा बाबुसँग र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको उनले उल्लेख गरेका छन् । मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।

सम्बन्धविच्छेदपछि मिनाले मनोजमाथि विभिन्न आरोप र लाञ्छना लगाएर युट्युब च्यानलहरुमा अन्तर्वार्ता दिँदै आएकी छन् । केही दिनयता मनोजले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि मिनाले फेरि आरोप र लाञ्छना लगाउने क्रम बढेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.