कोरोना बीमा गरेका ११ हजारभन्दा धेरैले पाए एक अर्ब बढीको भुक्तानी

२९ मंसिर ७७, मंगलबार

३० मंसिर, काठमाडौं । कोरोना बीमा गरेर ११ हजारभन्दा धेरै संक्रमितले भुक्तानी पाएका छन् । भुक्तानी रकम पनि एक अर्ब रुपैयाँ नाघेको छ ।

सोमबारसम्म ११ हजार १ सय ५४ जनाले १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कार्यकारी निर्देशक पौडेलका अनुसार पछिल्ला केही दिनयता भुक्तानीको दर निकै बढेको छ । आज मंगलबारमात्रै पनि १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा छन् ।

उनका अनुसार पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना छ । यसमा ११ हजार १ सय ५४ जनाले पाइसकेको र १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा छन् ।

Advertisement

यसैगरी निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इडीसीडीमा ३ हजार ६ सय ३९ वटा फाइल पुगेका छन् । इडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेको उनले जानकारी दिए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ । १ हजार ५ सय ७१ जनाको फाइल कागजातहरु पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका छन् । ती फाइलहरु सम्बन्धित कम्पनीमा नै फिर्ता पठाइएको छ । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ । यसमा दोहोरो दावी पेश लगायतका समस्याहरु देखिएका छन् ।

Advertisement

सामान्यतया महामारी र युद्धको बीमा नहुने विश्वव्यापी प्रचलन छ । तर यो प्रचलनलाई बेवास्ता गर्दै नेपालमा शुरु गरिएको कोरोना बीमा पोलिसीका कारण बीमा कम्पनीहरुले निकै आलोचना खेपिरहेका छन् ।

संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका कम्पनीहरुले भुक्तानीमा ढिलाइ गरे । भुक्तानीमा ढिलाइ गरेपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिए ।

त्यो निर्देशन बीमा कम्पनीहरुले कार्यान्वयन गर्न सकेनन् । त्यसपछि पुनः तीन दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयले निर्देशन दिएको थियो । अर्थमन्त्रीको निर्देशनपछि पनि निकै ढिला भुक्तानी भइरहेको थियो ।

पछिल्ला दिनहरुमा भने भुक्तानीको दर बढेको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे बताउँछन् । यसअघि कागजातहरु भेरिफिकेशन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने उनको भनाइ छ । थोरै ढिला भए पनि सबै बिमितहरुले बीमा गरेअनुसारको रकम पाउने उनले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top