चीनसँगको सीमा क्षेत्र हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु

३० मंसिर, सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ ।

करिब ९ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका छन् ।

यही मङ्सिरको पहिलो साता नारा र यारी लेकमा परेको हिउँ स्थानीयवासीले बेल्चाको सहायताले पन्छाएपछि गाडी हिल्सा पुगेर फिर्ता भएको दोर्जे लामाले जानकारी दिए ।

Advertisement

उनका अनुसार कोरोना जोखिमले सीमा नाका बन्द भएपछि गत वर्ष हिल्सामै टिपर रोकिएका थिए । ती टिपरमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री र निर्माण सामग्री रहेका थिए । सिमकोटमा रहेका पसलमा समेत चिनियाँ सामग्री अभाव रहेको थियो ।

यस्तै चीनबाट लकडाउनपछि पहिलो पटक १२ वटा गाडीले हिल्सासम्म पुगेर सामग्री पु¥याएका थिए । नाम्खा गाउँपालिकाको पहलमा वडा नं १ देखि वडा नं ५ सम्मका स्थानीयवासीको आवश्यकता पूरा गर्न चिनियाँ दूतावाससँगको समन्वयमा सामान आयात भएको हो । दैनिक उपभोग्य बस्तु लत्ताकपडा चीनको ताक्लाकोट हुँदै हिल्सा पुगेका छन् ।

Advertisement

एक वर्षदेखि ताक्लाकोटमा रहेका व्यापारीले दुई करोड ५३ लाख मूल्यका मैदा, चामल, तेल, चिया, जुत्ता, कम्बललगायतका सामान खरिद गरेका थिए । उनीहरुले गाडीमा सामान ढुवानी गरेर नेपाल पठाएको ताक्लाकोटमा रहेका कैलाश व्यापार महासङ्घका उपाध्यक्ष पेमा लामाले जानकारी दिए । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top