सम्मृद्धिको नारा पूरा गर्न स्थानीय तहले सहगोग गर्नुपर्छः ईश्वर पोखरेल

३० मंसिर, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संमृद्ध नेपाल खुशी नेपालीको नारालाई पूरा गर्न स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रको विकासमा स्थानीय तहले सहयोग गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौं महानरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सिटिस्क्यान मेसिन खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धमा आयोजना गरेएको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई उपलब्ध गराउन लागेको सहयोग महत्वपूर्ण रहेको पनि बताए ।

सरकारले स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ भन्ने मान्यता रखेको र त्यसका लागि सरकारी अस्पताललाई सबल बनाउनुपर्नेमा जोड दिए ।

विभिन्न अस्पतालहरुले अनुचित ढंगले सेवा दिएको गुनासो जनस्तरबाट आउने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रको नीति, संरचना, योजाना र कार्यक्रममा सुधार गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले स्वास्थ्य क्षेत्रमा आउने गरेका विसंगतीका जनगुनासोलाई सुधार गरेर कार्यान्वयन तहमा लैजान सम्बन्धित नेतृत्वले सेतुको काम गर्नुपर्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन खरीदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा सम्झौता भएको छ ।

उपप्रधानमन्त्री पोखरेलको उपस्थितिमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरको १ सय २८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न आर्थिक सहयोग गरेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top