देशभर चिसो बढ्दो, न्यूनतम तापक्रम अझै घट्न सक्ने

१ पुष, काठमाडौं । देशभर चिसो बढेको छ । चिसो अझै बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

गएको वर्षभन्दा यो वर्ष अझै चिसो हुन सक्ने मौसमविद् श्रेष्ठ बताउँछन् काठमाडौंमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

मौसमविद श्रेष्ठका अनुसार दिउँसो तापक्रम अझै घट्न सक्छ । काठमाडौसहित देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएर जाडो बढेको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जिरीको माइनस २ दशमलव ५, जोमसोमको माइनस २, काठमाण्डौको ३, ओखढुङगा र ताप्लेजुङको ५ दशमलव ४, दिपायलको २ दशमलव ८, डडेल्धुराको ३ दशमलव ४, बीरेन्द्रनगरको ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

Advertisement

आजको तापक्रम पनि यस्तै हाराहारीमा रहने महाशाखाले जनाएको छ । यसैबीच अहिले पूर्वी र पश्चिमी तराईका केही ठाउँमा कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १, २ र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य बदलीको सम्भावना र बाँकी ठाउँमा दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पहाडी भेगमा आँशिक बदली रहने छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top