ओलीविरुद्ध महाअभियोग लगाउन बाबुरामको अपिल

३० मंसिर ७७, बुधबार

१ पुष, विराटनगर।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप जनता समाजवादी पार्टीका संघीय परिषद् डा. बाबुराम भट्टराईले लगाएका छन्।

Advertisement

यसर्थ ‘थप हर्कत’ हुन नदिन प्रधानमन्त्री ओलीविरुद्ध महाअभियोग लगाउनेतर्फ अघि बढ्नुपर्ने उनले अपिल गरेका छन्।

‘महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहँदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू बैठक, वक्तव्यबाजी, गनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र राप्रपाका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोगतर्फ लाग्ने हो,’ पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्विटरमा लेखेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top