मुआब्जाले रोकिएको कटहरीको रेलमार्ग खुलाउन मन्त्री घिमिरेको चासो

१ पुस ७७, बिहीबार

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको कटहरी क्षेत्रमा अबरुद्ध भएको रेलमार्गको परियोजना अघि बढाउन पहल सुरु गरेका छन ।

मुआब्जाविवादका कारण लामो समयदेखि अबरुद्ध भएको रेलमार्ग निर्माण कार्यलाई अघि बढाउन उनले बुधबार मन्त्रालयमा रेल विभागका प्रतिनिधि, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी सहितको बैठक राखेर परियोजना निर्माणलाई अघि बढाउनु पर्ने बताए । जनप्रतिनिधि विहिनताको अवस्थामा स्थानीयको आवाज नसुनिएका कारण रेलमार्ग भित्र रहेको करिव २५ विगाहा क्षेत्रफलको मुआब्जा रोकिएको उनले बताए । रेलमार्ग निर्माण हुनेभएपछि सो क्षेत्रमा ९ बर्षअघि जग्गाको मूल्यांकनगरि मुआब्जा वितरण सुरु गरिएको थियो । मुआब्जा वितरण बैज्ञानिक नभएपछि करिव २२ घर परिवारले मुआब्जा लिन मानेका छैनन । मन्त्री घिमिरेले पुर्नमुल्यांकनका लागि हुनेसम्म पहल गर्ने बताए । उनले स्थानीयको पीरमर्कालाई बुझ्दै परियोजनालाई अघि बढाउनुपर्ने बताए । मन्त्री घिमिरेले भने,‘ परियोजनाजति छिटो बन्छ, त्यति छिटो स्थानीयले लाभलिन सक्नेछन् ।’ उनले राजनीतिक रुपमापनि समस्या समाधानका लागि पहल गर्ने बताए । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जग्गाको पुर्नमूल्याकंनको अधिकार जिल्ला प्रशासनलाई नभएको बताए । गृहमन्त्रालयबाट निर्णय भएर आएगर्न सकिने उनको भनाई छ । कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्रतिकठ्ठा ८ लाख भन्दा कम पाउनेहरुले मुआब्जा नलिएको बताए । पीडितका समस्या समाधाननगरि डोजर चलाएर विकास निर्माणको कार्य अघि बढाउन नसकिने उनको भनाई छ । प्रमुख कामतले पुर्नमुल्यांकन गरेर मुआब्जा वितरणका लागि पहल गरिदिन मन्त्री घिमिरे समक्ष आग्रह गरे । स्थानीय सतनलाल चौधरीले एउटै कित्ताको जग्गाको मूल्यांकन फरक–फरक भएपछि मुआब्जा नलिएको बताए । मुआब्जाको विवाद छिटो मिलाउन उहाँले आग्रहगर्नुभयो ।जग्गाको मुल्यांकनपछि ९ बर्षमापहिलो पटक पीडितका कुरा संवन्धित निकायले सुनेको चौधरीले बताए । पीडितसँगकहिलै सरोकारवालाले छलफल नगरेको उनको गुनासो थियो । रेलविभागका साइट इन्जिनियर विनोद ओझाले रेलमार्ग निर्माणका लागि सम्पूर्ण कानुनीप्रक्रिया पुरा भईसकेको बताए । कानुनीप्रक्रिया अघि बढेकाले चाँडै काम शुरु गर्ने उहाँको भनाई छ । दुई वर्षभित्र सम्पन्नगर्ने गरी सन् २०११ मा सुरु भएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको १८.६ किलोमिटर रेलमार्गमध्ये पाँचकिमिमाभारतमा पर्छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३.६ किमिभूभाग पर्छ । विराटनगर–रंगेली सडकसँग जोडिएको कटहरी गाउँपालिकासम्म रेल ल्याउने योजना भएपनि यो मार्गमा काम ठप्प छ । मुआब्जा विवादका कारण रेलमार्गको ३ किमि क्षेत्रमा काम अबरुद्ध छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top