अध्यादेश फिर्ता लिने निर्णयसँगै नेकपा विवाद कुन मोडमा ?

१ पुष, काठमाडौं । चौतर्फी दबबा र आलोचनापछि सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ ।

बुधबार बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । यस्तै पार्टीका सांसदहरुले संसद बैठकको माग गरेर राष्ट्रपति समक्ष पेश गर्ने भनेको आवेदन समेत फिर्ता लिने निर्णय बैठकले गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश र सांसदहरुले राष्ट्रपति समक्ष संसद बैठकको माग गरेर पेश गर्न लागेको आवेदन फिर्ता लिने निर्णय भएको बताए । उनले भने ‘पार्टीको स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र साथसाथै राष्ट्रपति समक्ष संसदको बैठकको माग गरेर पेश गर्ने भनेको आवेदन पनि फिर्ता गर्ने निर्णय सर्वसम्मतिले गरेको छ ।’ यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले कुनैपनि निर्णय नगरेको जानकारी बैठकमा गराउनुभएको पनि प्रवक्ता श्रेष्ठले बताए। उनले भने ‘आजको बैठकमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीले हिजोको संवैधानिक परिषद्को बैठकमा संवैधानिक नियुक्तीका लागि सिफारिस सम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराउनुभएको छ ।’ बैठकले स्थायी कमिटीको अर्को बैठक पुष ५ गते बस्ने निर्णय गरेको छ । यस्तै पुस ५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्ने निर्णय समेत बैठकले गरेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top