×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मानव विकासमा नेपाल पाँच स्थान फड्को मार्दै १४२औंँ स्थानमा

२ पौष, काठमाडौँ । मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल १४२औंँ स्थानमा आएको छ ।

यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो । तर राष्ट्रिय योजना आयोग र यूएनडीपीकै सहकार्यमा मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो ।

Advertisement
Advertisement

दक्षिण एसियाली मुलुकमा नेपाल छैटौँ स्थानमा छ । सबैभन्दा अगाडि श्रीलङ्का ७२औँ स्थानमा छ । त्यसपछि माल्दिभ्स ९५औँ, भुटान १२९औँ, भारत १३१औँ र बङ्गलादेश १३३औँ स्थानमा छन् । नेपालपछि पाकिस्तान १५४औँ र अफगानिस्तान १६९औँ स्थानमा छन् । प्रतिवेदनमा १८९ देश समावेश छन् ।

प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष आठ महिना पुगेको छ । विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ । बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९.९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।

Advertisement

कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी तीन हजार ४५७ डलर पुगेको देखाइएको छ । सन् २०१७ लाई आधार मानेर निर्धारण गरिएको यस्तो आय सम्बन्धित देशका उपभोक्ताको खरिद क्षमतालाई विश्लेषण गरेर निक्र्योल गरिन्छ । मुद्रास्फीति नियन्त्रणमा रहेका देशहरूमा प्रतिव्यक्ति आयको तीन गुणासम्म यस्तो आम्दानी बढ्ने पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मी र चाँदनी हमालले लेखेका छन् ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top