सात महिनाअघि सामूहिक हत्या गरेका सिन्जालीलाई जन्मकैद

१ पुस ७७, बिहीबार

२ पुस, रूपन्देही ।
तिलोत्तमा नगरपालिका–१० मैनहवामा सात महिनाअघि भएको सामूहिक हत्याकाण्डमा संलग्नलाई जिल्ला अदालत रूपन्देहीले जन्मकैदको फैसला सुनाएको छ ।

Advertisement

जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले सुर्खेतको लेकबेंसी नगरपालिका–३ घर भई बुटवल बस्दै आएका ३१ वर्षीय झसेन्द्र सिन्जाली मगरलाई बुधबार जन्मकैदको फैसला गरेको हो ।

सिन्जालीले २०७७ जेठ २ गते तिलोत्तमा–१० स्थित गंगादेवी पशु फार्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका–५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी पत्नी ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोषराज मुसहर, १५ वर्षीय करण चौधरी र १६ वर्षीय आशिष चौधरीको हत्या गरेका थिए ।

Advertisement

फर्ममा सँगै गर्दै आएका सिन्जालीले आफूलाई उनीहरूले गलत अफवाह फैलाएर चरित्र–हत्या गरेपछि रिसको झोंकमा हत्या गरेको प्रहरीलाई बयान दिएका थिए । पोस्टमार्टम रिपोर्ट, प्रहरीको अनुसन्धान र अभियुक्तको बयानमा घटना नियोजित रूपले गरेको प्रमाणले देखाएकाले उनलाई जन्मकैदको फैसला भएको न्यायाधीश मरासेनीले बताए ।

सिन्जालीले पाँचै जनालाई राति सुतेका बेला फरुवाले टाउकोमा प्रहार गरेका थिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top