श्रीलंकाबाट एमसीसी फिर्ता

२ पुस, एजेन्सी ।
श्रीलंकाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता भएको छ।

Advertisement

अमेरिकाको राजधानी वासिङ्गटनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो । श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने उल्लेख थियो।

त्यसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजनाहरु थिए । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने जनाए पनि श्रीलंका सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन।

Advertisement

परियोजना सन् २०१६ मै छनौट भए पनि काम भने अघि बढ्न सकेको थिएन । तर एसीसीको मंगलबार बसेको बैठकले सियरा लियोनमा पाँच वर्ष परियोजनाका लागि अनुदान दिने निर्णय गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top