×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

पासवर्ड अनुमान गरेरै ट्रम्पको ट्विटर ह्याक

२ पुस, एजेन्सी ।
नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका छन्।

ट्रम्पको पासवर्ड “maga2020!” भएको बताइएको छ। तर नैतिकतापूर्वक काम गरेकाले भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूको भनाइ छ।

Advertisement
Advertisement

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए। त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो।

ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो।  अहिले दुवैले थप प्रतिक्रिया दिएका छैनन्। गेभर्स साइबर सुरक्षाको क्षेत्रमा अनुसन्धान गर्छन्।

यो मेरो मात्र कामको कुरा हैन, इन्टरनेटमा भएका कमजोर पक्षहरू हेर्ने सबै स्वयंसेवकको हो, उनले भने। उनका अनुसार अमेरिकाको राष्ट्रपतीय निर्वाचनका बेला ठूला उम्मेदवारहरूको ट्विटर खाता आफूले बेलाबेलामा निगरानी गर्ने गरेका थिए।

त्यही क्रममा अक्टोबर १६ मा ट्रम्पको पासवर्ड मिलेको उनको भनाइ छ। डच प्रहरीका अनुसार गेभर्स आफैँले उक्त घटनाबारे जानकारी दिएका हुन्। राष्ट्रपतीय निर्वाचनको मुखैमा उक्त ट्विटर अकाउन्ट हात पार्न सकिन्छ कि भनेर ठूलो चासो भएकाले आफूले त्यसको पासवर्ड कति सबल छ भनेर अनुसन्धान गरेको उनले पछि प्रहरीलाई बताए।

डच प्रहरीले आफूसँग भएको जानकारी अमेरिकी निकायलाई पठाएको थियो। गेभर्सले उक्त ह्याकिङबारे सरकारी अधिकारीहरूलाई आफूसँग थप प्रमाण भएको बताएका थिए। सिद्धान्ततः उनले ट्रम्पका निजी तस्बिर र सन्देश, ट्रम्पले मात्र देखिन सक्नेगरी बुकमार्क गरिएका ट्वीटहरू, अनि क-कसलाई ब्लक गरिएको छ त्यो देख्न सक्थे।

झन्डै ८.९ करोड फलोवर भएको ट्रम्पको ट्विटर अहिले सुरक्षित भइसकेको छ। उक्त खातामा के अहिले थप सुरक्षा वा शङ्कास्पद प्रवेशबारे सङ्केत गर्ने लग छ भन्ने बीबीसी न्यूजको प्रश्नको ट्विटरले सीधा उत्तर दिन अस्वीकार गरेको छ।

यो वर्षको आरम्भतिर गेभर्सले आफू र अन्य साइबर सुरक्षा अनुसन्धाताहरूले सन् २०१६ मा पनि “yourefired” पासवर्ड प्रयोग गरेर ट्रम्पको ट्विटरभित्र छिरेको दाबी गरेका थिए।

Advertisement

ट्रम्पका अन्य सामाजिक सञ्जालहरूका पासवर्ड चुहाइएको एउटा घटनामा यो पनि सार्वजनिक भएको थियो।(बीबीसी)

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top