बीबीआईएन छिटो कार्यान्वयनमा ल्याउन मोदी र हसिना सहमत

२ पुस ७७, शुक्रबार

एजेन्सी । उपक्षेत्रीय कनेक्टिभिटी परियोजना बीबीआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) लाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना सहमत भएका छन् ।

बिहीबार मोदी र हसिनाको बीचमा भएको उच्च वार्ताको क्रममा सो सहमति भएको हो । वार्तामा बंगलादेश, भारत र नेपालको बीचमा यातायात संचालनका लागि समझदारीपत्रमा सकेसम्म छिटो हस्ताक्षर गर्ने सहमति भएको छ । उनीहरुको बीचमा सो परियोजनामा भुटानले पछि सहभागिता जनाउने प्रावधान राख्ने सहमतिसमेत भएको छ । सो सम्झौतामा हस्ताक्षर भएपछि यात्रु र मालसामान बोकेको गाडीले एक अर्काको मुलुकमा निर्वाध प्रवेश पाउने छन् । तीन मुलुकको बीचमा सन् २०१५ मा मोटर भेहिकल सम्झौता भएको थियो । तर, सो सम्झौतालाई लिएर भुटानमा तीब्र विरोध भयो । तर भुटानमा अन्य मुलुकले गाडी र सामाग्रीहरु आफ्नो मुलुकमा आएमा त्यसले आफ्नो संस्कृति र अर्थतन्त्रलाई असर गर्ने सो सम्झौताको विरोध भयो । त्यहाँका राजनीतिक दलहरुको बीचमा नै फरक मत भएका कारण त्यहाँको संसदले सो सम्झौतालाई अनुमोदन गर्न सकेको छैन । अन्य मुलुकका संसदले सो सम्झौता अनुमोदन गरिसकेका छन् । भुटान तत्काल सामेल हुन नसक्ने भएपछि अन्य तीन मुलुक अगाडि बढ्न सहमत भएका हुन् । सम्झौताका लागि नेपाल तयार भएपनि भारत र भुटानको बारेमा केही विषय रहेका कारण कार्यान्वयनमा ढिलाइ भएको हो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top