आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारले राहत पाउने

२ पुस ७७, शुक्रबार

२ पुष, काठमाडौं । आप्रवासी कामदार महासन्धि पारित भए नेपाली महिला कामदारहरुले राहत पाउने सरोकारवालाहरुले बताएका छन् ।

आप्रवासी कामदारको अधिकार दिवसका अवशरमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले आप्रवासी महिला कामदारहरुको हक हित संरक्षण गर्न महासन्धीले ठूलो सहयोग गर्ने बताएका हुन् । महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले महासन्धि अनुमोदन भए सबै आप्रवासी कामदार र तिनीहरुका परिवारका सदस्यहरुको अधिकार संरक्षणमा सहयोग पुग्ने बताए । महासन्धीले कामदार उत्पत्तिको देश र रोजगारीका लागि जाने देशको दायित्व र के गर्ने भन्ने कुरा बोलेकोले अनुमोदनको आवश्यकता रहेको उनले बताए । आप्रवासी महिला कामदार समूहका अध्यक्ष विजया राई श्रेष्ठले नेपाली महिला कामदारमाथि समय समयमा हुने प्रतिवन्धले समस्या हुने गरेको बताइन । प्रतिवन्धका कारण महिला कामदारहरुले धेरै दुःख पाउने गरेको उल्लेख गर्दै उनले महासन्धि अनुमोदन भएपछि महिला कामदारहरुले राहत पाउने बताइन । महासन्धिमा कुनै पनि राष्ट्र छोड्न पाउने र उत्पत्तिको राष्ट्रमा कुनै पनि समयमा प्रवेश गर्न र रहन पाउने अधिकारको संरक्षण गरिएको छ । यस्तै कामदारको बाँच्न पाउने अधिकार, यातना, क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको अधिकार र दासता विरुद्ध संरक्षणको अधिकार पनि संरक्षण गरिएको छ ।

कठोर श्रमसहित कारावासको सजाय पाएको अवस्थाबाहेक अन्य अवस्थामा अनिवार्य श्रम विरुद्ध संरक्षणको अधिकार, मान्यता, विवेक र धर्मको स्वतन्त्रतासम्बन्धी अधिकार तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकार पनि समेटिएको छ । यस्तै गोपनियता, पत्राचार र संचार माथिको स्वेच्छाचारी हस्तक्षेप विरुद्ध संरक्षणको अधिकार राष्ट्रको कन्सुलर वा कुटनीतिक निकायबाट संरक्षण तथा सहयोगको याचना गर्न पाउने अधिकार र रोजगारी राष्ट्रको नागरिकसरह न्यूनतम् रोजगारीको सहुलियत र सुविधा प्राप्त गर्ने अधिकार पनि महासन्धिमा समेटिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top