साढे २३ किलो सुनका मालिक पत्ता लागेनन्, राजश्वद्वारा लिलाम बिक्री गर्ने तयारी

२ पुस ७७, शुक्रबार

३ पुस, काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले पत्ता लगाउन सकेन ।

सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ ।

विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो ।

त्यसवेला प्रहरीले पत्रकार सम्मेलन गरेर लामो समयदेखि सुन त्यहाँ राखिएको हुनसक्ने देखिएको बताएको थियो । प्रहरीले दुई दिनसम्म रेकी गरेर गरेको सर्च अपरेशनका क्रममा मक्किएको दराजमाथि सुन बरामद भएको हो ।

Advertisement

पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले तत्कालीन समयमा सुनधनी नभेटिएपछि राजश्वमा बुझाइएको बताइन् । स्रोतका अनुसार सुनका मालिक नभेटिएपछि प्रकरणको अनुसन्धान समेत बन्द भइसकेको छ ।

त्यसवेला बरामद सुन भारतीय नागरिक अशोक सिन्हाको भएको बताइएको थियो । अपार्टमेन्टमा केही समयअघिसम्म उनी बसेकाले सिन्हाको सुन भएको आशंका गरिएको थियो ।

सिन्हाका दाइ प्रमोदकुमार बिहार विधानसभाको निर्वाचनमा उम्मेदवार बनेका वेला प्रहरीले अपार्टमेन्टमा सुन रहेको सूचना पाएको थियो ।

प्रमोदकुमार रक्सौल विधानसभा–१० मा भारतीय जनता पार्टी (विजेपी) तर्फबाट उम्मेदवार बनेका थिए, जसमा उनी विजयीसमेत भइसकेका छन् ।

भाइ अशोक चाहिँ पूर्वभन्सार क्लीयरिङ एजेन्ट हुन् । उनैले कालो धन लुकाएर राखेको हुनसक्ने आशंका गरिएको थियो ।

स्रोतका अनुसार अशोककी छोरी निवेदिकाले जन्मको आधारमा नेपाली नागरिकता लिएकी थिइन् । त्यसकै आधारमा अपार्टमेन्ट खरिद गरिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले प्रमोदबारे भारतीय पक्षसँग समन्वय गरेर सोधखोजसमेत गरेको थियो । त्यसक्रममा उनी प्यारालाइज भएर उपचाररत रहेको पाइएको थियो ।

चुनाव नजिकिँदै गर्दा प्रमोदको भाइको कोठामा सुन भेटिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको थियो ।

त्यसपछि छोराले एउटा अडियो सन्देश सार्वजनिक गर्दै बरामद सुन परिवारको पुस्तौनी भएको बताउँदै गैरकानुनी नभएको दाबी गरेका थिए ।

तर, परिवारका कुनै पनि सदस्य प्रहरीसमक्ष प्रमाण लिएर हाजिर भएनन् । त्यसैले चुनावमा असर नपरोस् भनेर मात्रै अडियो सार्वजनिक गराइएको प्रहरीको निष्कर्ष छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top