कोरोना पोजेटिभ देखिएपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोँको लेबनान भ्रमण स्थगित

३ पौष, एजेन्सी । कोरोना महामारीको संक्रमण देखिएपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको लेबनान भ्रमण स्थगित भएको छ । मंगलबार र बुधबार लेबनान जाने तयारी गरेका उनको कोरोना पोजेटिभ देखिएपछि भ्रमण समेत स्थगित भएको हो ।

Advertisement

बिहीबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि म्याक्रोँ आगामी सात दिनका लागि आइसोलेसनमा बस्न लागेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आफू आइसोलेसनमा रहे पनि अनलाइनबाट गर्न मिल्ने कामहरू भने जारी राखिने छ ।

यसैबीच उनकी श्रीमती एवं प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने कोरोना भाइरस नेगेटिभ देखिएको छ । राष्ट्रपति म्याक्रोँलाई केही लक्षणहरू पनि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top