२०२१ को सुरूदेखि नै गरिब राष्ट्रहरूमा कोरोनाविरूद्धको खोप पठाउन थालिने

४ पुस, एजेन्सी ।
नयाँ वर्ष सन् २०२१ को सुरूदेखि नै गरिब राष्ट्रहरूमा कोरोनाविरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ।

Advertisement

डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन्। उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन्।

विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन्।
संगठनले जारी गरेको वक्तव्यमा लेखिएको छ, सबै देशले कोरोनाविरूद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरूमा पनि सन् २०२१ को सुरू देखि नै खोप पठाइने छ।

Advertisement

अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top