अमेरिकाका उपराष्ट्रपतिले लिए कोभिडविरुद्धको खोप

४ पुस, एजेन्सी ।
अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले कोभिड–१९ विरुद्धको खोप लिएका छन्।

Advertisement

टेलिभिजन लाइभमै खोप लिएका उनी हालसम्मकै उच्च सरकारी अधिकारी हुन्। स्थानीय समयअनुसार शुक्रवार उनले खोप लिएका हुन्। खोप लगाउँदा पत्तै नपाएको बताउँदै पेन्सले सबैलाई यो चमत्कार भएको बताए।

पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि भ्याक्सिन लगाएका छन्। त्यसैगरी हाउस स्पिकर न्यान्सी पेलोसीले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन लिएकी छिन्।

Advertisement

८० वर्षीया पेलोसीले भ्याक्सिनको पहिलो डोज लिए लगत्तै सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेले पनि भ्याक्सिन लिएका छन्। ७८ बर्षका म्याक्कोनेलले सुरक्षित र प्रभावकारी भ्याक्सिन लिएको बताएका छन्।

गत शुक्रवार कोरोनाबिरुद्धको फाइजर र बायोएनटेकले बनाएको भ्याक्सिन प्रभावकारी र सुरक्षित ठहर गर्दै प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अनुमति दिएको थियो।

Advertisement

त्यसपछि सोमबारबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top