प्रधानमन्त्रीको कदम असंवैधानिक : राप्रपा

५ पुस ७७, सोमबार

५ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद विघटन असंवैधानिक र आलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

आइतबार धुम्बाराही स्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताए । उनले भने ‘जुनसुकै लोकतान्त्रिक व्यवस्थामा पनि संविधानले कार्यकारीको अधिकार माथि विभिन्न बारबन्देजहरु लगाएको छ । त्यो बारबन्देजभित्र रहेर कार्यकारीले काम गर्नुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले ती बारबन्देज सबै तोड्नुभएको छ । संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने काम राष्ट्रपतिको सहमतिमा भएको छ त्यो असंवैधाकि हो, अलोकतान्त्रिक हो र प्रतिगामी छ ।’

राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने पनि बताए । िउनले भने ‘हाम्रो विरोध कार्यक्रमहरु छदैछन । त्यसमा पनि मुख्य एजेण्डाका रुपमा लिएर जान्छौं । त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरु हिंडनु भएको छ । देशलाई अराजकतातिर र अशान्तिको बाटोमा लिएर जान खोज्नु भएको छ । त्यसैले एउटा समय आएको छ अब हामी सबै दलहरु बसेर यो संविधानका कमजोरीहरु के के हुन जुन कुरा राप्रपाले विभिन्न समयमा भनिराखेको थियो त्यसको बारेमा पनि छलफल गरेर निचोडमा पुग्नुपर्छ ।’

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top