प्रचण्ड-नेपालको घेराबन्दीका कारण प्रधानमन्त्री संसद् विघटनको निर्णयमा पुग्नुभयोः गोकुल बाँस्कोटा

६ पौष, काठमाडौँ । नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बाध्यात्मक अवस्थाले नै प्रधानमन्त्रीले संसद् विघटनको निर्णय गरेको बताएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालको घेराबन्दीका कारण प्रधानमन्त्री संसद् विघटनको निर्णयमा पुगेको बाँस्कोटाले बताए । सरकारले संसद् विघटन गरेर कुनै गल्ती नगरेको उनको दाबी छ ।

‘संसद् विघटन के ठूलो कुरा भयो र ! लोकतन्त्र खोसिएको भएपो ! जनताले नै फैसला लिने निर्णय गर्दा लोकतन्त्र झन् बलियो हुन्छ । केही गठजोडबाट जनताले चुनेका प्रधानमन्त्रीलाई हट् भन्ने ?,’ बाँस्कोटाले भने, ‘कोठाभित्र थुनेर दनादन कुट्न थालेपछि घाँटी न्याकिदिएको हो । तर लोकतन्त्र न्याकेको छैन । प्रजातन्त्र न्याकेको छैन । जनतातिर नै फर्काइदिएको छ । अब चुनावबाट जितेर आउने, प्रधानमन्त्री, राष्ट्रपति हुने ।’

राजनीतिलाई षड्यन्त्रको भाँडो बनाएपछि डेमोक्रेटिभ लिडरले गर्न पर्ने काम गरिदिएको नेता बाँस्कोटाले बताए ।

‘राजनीतिलाई षड्यन्त्रको भाँडो बनाएपछि डेमोक्रेटिभ लिडरले गर्न पर्ने काम गर्नुभयो । उनीहरुले बलिङ गरेर हैरान पारे । प्रधानमन्त्रीले ब्याटिङ गर्नुभयो । बल अब जनताको कोर्टमा गयो । जे गर्छन् जनताले गर्छन्,’ बाँस्कोटाले भने ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top