इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीको शानदार जित

६ पौष, एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीले शानदार जित निकालेका छन् ।

गएराति भएको खेलमा उपाधि दावेदार टोटनह्याम हट्सपरलाई २–० ले हराउँदै लेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

टोटनह्यामको मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन जेमी भार्डीले एक गोल गरे ।

Advertisement

टोटनह्यामका डिफेन्डर टोबी अल्डरवेराल्डले एक आत्माघाति गोल गरेपछि लेष्टर २–० ले विजयी भयो ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले लिड्स युनाईटेडलाई ६–२ ले हराएको छ ।

म्यान्चेस्टरलाई फराकिलो जित दिलाउन स्कट म्याक्टोमिने र ब्रुनो फर्नान्डेजले दुई दुई गोल गर्दा भिक्टर लिन्डेलफ र ड्यानियल जेम्सले एक एक गोल थपे ।

पराजित टोली लिड्सका लागि लियाम कुपर र स्टुवार्ट डालसले एक एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले वेष्ट ब्रोमलाई ३–० ले हराउँदा ब्राइटनले शेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ ।

२७ अंकसहित लेष्टर सिटी दोस्रो स्थान उक्लिंदा तेस्रो स्थानको म्यान्चेस्टरयुनाईटेड र चौथो स्थानको एभर्टनको समान २६ अंक रहेको छ ।

भर्खरको समाचार

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

सम्बन्धित समाचार

Scroll to Top