संसद् विघटनविरुद्ध प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १६ जना पक्राउ

६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरुद्धमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि प्रदर्शन गर्ने क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पूर्वमहासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनीलगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

समाजले प्रधानमन्त्री केपी शर्मा ओलीको मनलाग्दी र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोका कारण प्रतिनिधि सभा विघटन हुनु निन्दनीय भएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top