Nepal Times
Nepal Times
3
Shares

गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड, साथ दिन अनुरोध

गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे प्रचण्ड, साथ दिन अनुरोध

६ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् । थापालाई भेट्न प्रचण्ड गृहमन्त्री निवास पुल्चोक पुगेका हुन् ।

गृहमन्त्री थापा र अध्यक्ष प्रचण्डबीच केही बेर मात्रै कुराकानी भएको र अध्यक्ष प्रचण्डले ओलीको कदमको विरोध गरेर आफूलाई साथ दिन अनुरोध गरेको सचिवालयले जनाएको छ । गृहमन्त्री थापा प्रधानमन्त्री ओलीले बिहान बोलाएको आफू निकटको भेलामा पनि सहभागी भएका थिएनन् । त्यसअघि गृहमन्त्री थापाले आफू पक्षीय नेताहरूसँग परामर्श गरेको बुझिएको छ ।

सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदलाई बालुवाटारमा बोलाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका थिए । तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.