६ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
जसपाको सोमबार बसेको आकस्मिक बैठकले ८ पुसमा र्यालीसहित देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय भएको विज्ञप्ती मार्फत जनाइएको छ । थप संघर्षका कार्यक्रम घोषणा गर्न मंगलबार मध्यान्ह १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने बताइएको छ ।