दक्षिण एसियाको ठूलो कम्युनिष्ट पार्टी नेकपा विभाजनको संघारमा !

६ पुष, काठमाडौं । २०७५ को जेठ ३ गते दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टीको रुपमा नेपाल कम्युनिष्ट पार्टी घोषणा भयो । दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनाए, जसमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने भए । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भयो । तर एकताको अढाई वर्ष पुग्दैगर्दा आन्तरिक विवाद यसरी बढ्यो कि एक अध्यक्षले अर्का अध्यक्षलाई कारबाही गर्न स्थायी कमिटीबाट प्रस्ताव पारित गर्नेसम्म पुग्यो । त्यतिमात्र होइन अध्यक्ष ओलीले अध्यक्ष प्रचण्ड उपाध्यक्ष सरह भएको भनि अभिव्यक्ति समेत दिए । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको थियो । एकताका बखत ६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका थिए । तर त्यहि नेपाल कम्युनिष्ट पार्टीको सरकारले देखाएका सपनाको एक छेउ पनि पुरा गर्न नपाउँदै कोरोना महामारीकाबीचमा मध्यावधि निर्वाचन घोषणा गर्यो । पूर्व माओवादी र पूर्व एमालेका बहुमत सांसदहरु अध्यक्ष ओलीको विपक्षमा छन् । कोरोना संक्रमितको उपचार खर्च ब्यहोर्न आनाकानी गर्ने सरकारले आन्तरिक विवाद मिलाउन नसक्दा राज्यलाई अनावश्यक अर्बौ खर्चको भार बोक्न बाध्य पारिरहेको त छ नै दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी विभाजनको संघारमा परेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top