Nepal Times
Nepal Times
3
Shares

मोहम्मद शमीले बाँकी खेल नखेल्ने

मोहम्मद शमीले बाँकी खेल नखेल्ने

६ पुष । अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर मोहम्मद शमीले बाँकी खेल गुमाउने भएका छन् ।

पहिलो टेस्टको दोस्रो इनिङ्समा ब्याटिङका क्रममा घाइते भएका शमी खेल्न नसक्ने भएका हुन् । उनको ठाउँमा कार्तिक त्यागी, शार्दुल ठाकुर वा थङ्गरसू (टी) नटराजनलाई ल्याउने तयारी छ । भारतका नियमित कप्तान विराट कोहली पनि श्रीमती अनुष्का सुत्केरी हुने भएपछि अस्ट्रेलियाबाट फर्किसकेका छन् । उनको ठाउँमा अजिन्क्य रहाणेलाई कप्तानको जिम्मेवारी दिइएको छ । कप्तान कोहली र तीव्र गतिका बलर शमीको अनुपस्थितिमा भारतलाई बाँकी खेलमा थप समस्या पर्ने क्रिकेट विश्लेषकले बताइसकेका छन् । चार खेलको टेस्ट शृङ्खलाअन्तर्गतको पहिलो खेल अस्ट्रेलियाले आठ विकेटले जितेको छ । पहिलो टेस्टमा भारत आफ्नो इतिहासकै कम ३६ रनमा समेटिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.