पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पञ्छाइने

७ पौष, चितवन । पहाड झरेर थुनिएको माडीको परुइ खोलाको पहिरो पञ्छाउने काम थालिने भएको छ ।

पुस १ गते सोमेश्वर पर्वत श्रृङ्खलामा पर्ने एउटा डाँडो भत्कँदा खोला पुरिएको थियो । माडी नगरपालिका वडा नं ७ र ८ को सिमानामा पर्ने परुइ खोलाको ५०० मिटर क्षेत्र २० मिटरभन्दा बढी उचाइसम्म पुरिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले थुनिएको खोलामा पानी भरिँदै गएमा वर्षातमा एकैसाथ फुटेर ठूलो नोक्सान हुन सक्ने बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको विपद् व्यवस्थापन समितिको टोलीले सोमबार यस क्षेत्रको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । अध्ययन तथा अनुगमनपछि नगर प्रमुख ढकालले तत्काल जेसीबी लगेर खोला खोल्ने काम सुरु गर्ने निर्णय भएको जानकारी दिए ।

नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नगरपालिकाको प्राविधिक टोलीले काम थाल्ने उनले बताए । उनले भने, ’जेसीबी लगेर काम गर्न सकिन्छ वा सकिँदैन यसै भन्न सकिँदैन तर हामी प्रयास गर्दैछौँ ।’

ढकालका अनुसार वर्षातको समयमा पानी थुनिएर पहिरो फुटेमा माडी नगरपालिकाका वडा नं ५, ८ र ९ बाहेकका सबै वडामा प्रभाव हुनेछ । सम्भावित क्षति न्यूनीकरणका लागि तत्काल समस्याको समाधानको खोजी गर्न लागिएको उनको भनाइ छ ।

खोला थुनिएको क्षेत्रमा निकै अग्लो बाँध बनेको छ । खोला थुनिएपछि तल्लो क्षेत्रमा खानेपानी र सिँचाइका लागि सङ्कट सुरु भएको स्थानीयवासीको भनाइ छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top