Nepal Times
Nepal Times
3
Shares

नेकपा बैठक दुईतिर, प्रहरीले सुरक्षा सतर्कता बढायो

नेकपा बैठक दुईतिर, प्रहरीले सुरक्षा सतर्कता बढायो

७ पुस, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुवै पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

दिउँसो १ बजे प्रचण्ड–माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्‍वेटमा बैठक बोलाएका छन् भने केपी शर्मा ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका छन् ।

दुबै समूहले बैठक बोलाएपछि प्रहरीले सुरक्षा सतर्कता पनि बढाएको छ । दुई पक्षबीच विवाद र झडप हुनसक्ने सम्भावना रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पछिल्लो समय काठमाडौंमा लगातार सरकार विरोधी प्रदर्शन भइरहेका छन् । आजको बैठकपछि नेकपाकै दुई समूह एक–अर्काप्रति झन् आक्रामक हुने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.