७ पुस, काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा सहभागी छैनन् ।
बैठकमा उपस्थित नभएका गौतम र थापा भने आफ्नो निवासमा रहेको उनीहरु निकट स्रोतले बतायो । बालुवाटार बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् ।
गौतमले भने दुवै तर्फका बैठकमा सहभागि भएर आफू पार्टी फुटको साक्षी नबस्ने घोषणा यसअघि नै गरेका थिए । थापा भने दुवै अध्यक्षसँग छलफल गरेपछि मात्रै कता खुल्ने भन्ने निर्णय गर्ने बताएका थिए ।
अध्यक्ष दाहाल उनलाई भेट्न मंगलबार बिहानै पुल्चोक पुगेका थिए । दाहालले सोमबार पनि थापालाई भेटेर यही आग्रह गरेका थिए । दाहाल समूहले पनि दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
ओलीले बोलाएको कैन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।