विराटनगर, जेठ १४
संघीय समाजवादी फोरम, नेपाल संघीय सरकारमा सामेल हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकमा सरकारले संविधान संसोधन गर्न सहमति जनाएपछि सरकारमा सामेल हुने भएको हो ।
बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति भएको हो ।
सत्तापक्ष र फोमर नेपालबीच भएको सहमतिअनुसार सरकार संविधान संशोधन गर्न तयार भएको छ। सहमतिपत्रमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने उल्लेख छ ।सहमतिपत्रमा सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने उल्लेख छ । त्यस्तै सहमतिको दोस्रो बुँदामा संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने उल्लेख छ ।