×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

प्रदेश नं १ मा‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ

१४ जेष्ठ २०७५

विराटनगर, जेठ १४
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज नागरिकको सूचना र सुरक्षाका लागि ‘घर घरमा स्टिकर टाँस अभियान’ शुभारम्भ गरेका छन् ।

प्रदेश नं १ को सरकारको एकसय दिने कार्यक्रमअन्तर्गत प्रदेशका १४ वटै जिल्लामा १० लाख घरपरिवारमा एक महिना भित्र स्टिकर टाँस्ने लक्ष्यका साथ सबै जिल्लामा एकैसाथ आज यो कार्यक्रम शुभारम्भ भएको हो ।

Advertisement
Advertisement

यस प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुले जनताको घरदैलोमा प्रहरी खटाएर सुरक्षित स्थानमा स्टिकर टाँस्ने र परिवारको लगतसमेत संकलन गर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा शुरु भएको उक्त कार्यक्रमलाई ‘जनतासँग प्रहरी कार्यक्रम’ नामकरण गरिएको छ । सो स्टिकरमा प्रदेश प्रहरी कार्यालयको मोबाइल, टेलिफोन नम्बर, टोल फ्री नम्बर, संघीय इकाइ प्रहरी कार्यालय धरानका साथै जिल्ला प्रहरी कार्यालयका टेलिफोन नम्बर समावेश गरिएको छ ।

‘तपार्इंको सूचना, सबैको सुरक्षा’ मूल नाराका साथ सो स्टिकरमा उल्लेख गरिएका नम्बरमा फोन गरी तपाईंको गाउँघरमा कुनै घटना÷दुर्घटना वा सुरक्षा आवश्यक परेमा तुरुन्त प्रहरीलाई खबर गर्न सकिने भएको छ ।

मुख्यमन्त्री राईले सरकारको पहिलो दायित्व जनतालाई सुरक्षा, सम्मान र सुशासनको प्रत्याुभूति गुराउनु जिम्मेवारी रहेको बताएका छन् ।

प्रदेशलाई सुरक्षित, सुशासित, अपराधमुक्त र भ्रष्टाचारमुक्त बनाउन प्रतिबद्ध रहेको चर्चा गर्दै उनले भने, “प्रदेशको समृद्धिका लागि तीव्र गतिमा विकासका कार्यलाई अघि बढाएर यस प्रदेशलाई नमूना प्रदेश बनाउनुपर्छ ।”

मुख्यमन्त्री राइले स्टिकरको माध्यमबाट प्रहरीसँग जनताको सम्पर्क बढ्ने र आपराधिक घटना पनि कम हुँदै जाने भएकाले यो कार्यक्रम देशभरिमै लागू गराउन व्यापक रुपमा प्रचारप्रसार आवश्यक रहेको जानकारी गराए ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले यो स्टिकरको माध्यमबाट जनताले चाहेको बेलामा प्रहरीसँग सम्पर्क गर्न सक्ने भएकाले अपराधविहीन समाज स्थापनामा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सूचनामूलक स्टिकर टाँस्ने कार्यलाई निरन्तरता दिनुपर्ने र यस कार्यमा स्थानीय तहले सहयोग गर्ने बताए ।

प्रहरी नायब महानिरीक्षक केदार रिजालले प्रहरीले उच्च मनोबलका साथ शान्ति सुरक्षाका लागि कार्य गरिरहेको उल्लेख गर्दै जनता–प्रहरी कार्यक्रममार्फत प्रहरी घर घरमा पुगेर कार्यक्रमलाई सफल बनाउन अग्रसर रहने उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, प्रहरी उपरीक्षक मनोजकुमार केसीसहितका वक्ताले कार्यक्रमका विविध पक्षमा चर्चा गरेका थिए ।

Advertisement
Advertisement

यसअघि, स्टिकर टाँस्ने कार्यक्रमबारे जनचेतना जगाउन विराटनगरको आदर्श उच्च माविबाट निस्केको ¥यालीमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रजिअ आचार्यलगायत स्थानीय, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारसहितको सहभागिता थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top