९ पुस, काठमाडौं ।
बिहीबार बिहानै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसंग चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छिन् ।
राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो।
उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।