Nepal Times
Nepal Times
3
Shares

कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नै कम्युनिष्ट बन्न नसकेको खनालको आरोप

कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नै कम्युनिष्ट बन्न नसकेको खनालको आरोप

९ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट बन्न नसकेको आरोप लगाएका छन् ।

मदननगर बल्खुमा मदन भण्डारीको शालिकमा माल्यार्पणपछि बोल्दै उनले केपी ओली अलोकतान्त्रीक रहेको समेत बताए । यसैबिच प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने घोषणा गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिएपछि अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र अमृतकुमार बोहोरा बल्खु पुगेका थिए । भूकम्पले क्षतिग्रस्त बनेको तत्कालीन एमालेको पार्टी कार्यालय भएको ठाउँसँग आफुहरुको सम्बन्ध गाँसिएको भन्दै उनिहरुले पार्टीको भवन बनाउने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.