९ पुष बुटवल । केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले टिप्पणी गरेका छन् ।
बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्दै ओलीले संविधान माथि कू गरेको आरोप लगाए । उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनस्र्थापित गरेर निकास दिनुपर्ने बताए । जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वाेच्च अदालतले संसद पुनस्र्थापित गर्ने विश्वास व्यक्त गरे ।