×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

सरकारले भारतीय कोरोना खोप ल्याउन थाल्यो कूटनीतिक पहल

१० पौष, काठमाडौं । सरकारले भारतले निर्माण गरिरहेको कोभिड–१९ विरुद्धको खोप सकेसम्म छिटो ल्याउन कूटनीतिक पहल अगाडि बढाएको छ ।

भारतमा अहिले अन्तिम चरणमा रहेका खोपले त्यहाँ आपतकालीन प्रयोगका लागि अनुमति पाउनासाथ नेपालमा पनि ल्याउने सरकारी योजना छ ।

Advertisement
Advertisement

यसका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको राजदूत नीलाम्बर आचार्यले बताएका छन् ।

अन्य मुलुकहरुबाट पनि सरकारले खोप ल्याउने तयारी गरे पनि अहिलेलाई भारतमा निर्माण हुने खोपलाई नै उच्च प्राथमिकता दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धाहरुलाई पुग्नेगरी खोप ल्याउने सरकारी योजना छ ।

नेपालबाट एकदमै नजिक भएको, त्यहाँ निर्माण हुने खोपको तापक्रम पनि मिल्ने र खरिद प्रक्रिया पनि सहज भएकाले सरकारले भारतमा निर्माण भएका खोपलाई प्राथमिकता दिन थालेको हो ।

त्यसैगरी मूल्यको हिसाबले पनि भारतका निर्वाचन भएका खोप अन्य मुलुकसँगको तुलनामा सस्तो पर्ने सरकारी अधिकारहरुको भनाइ छ । भारतमा दुई कम्पनी सेरम र बायोटेकले खोप उत्पादन गरिरहेका छन् ।

सेरमले दुई हप्ता अगाडि आपतकालीन प्रयोगका लागि भारतीय सरकारसँग अनुमति मागेको छ । तर, भारत सरकारले अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन ।

सो कम्पनीले निर्माण गर्ने खोप ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने र वितरण पनि सहज हुने बताइएको छ ।

त्यसैगरी भारतको हैदरावादमा अवस्थित भारत बायोटेक कम्पनीले पनि आपतकालीन प्रयोगका लागि अनुमति दिन आग्रह गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा निर्माण गर्न लागिएको सो खोप प्रयोगलाई लागि दुई दिन अगाडि अनुमति माग्दै निवदेन दिइएको हो ।

दुई हप्ता अगाडि पनि सो कम्पनीले अनुमतिका लागि ड्रग कन्ट्रोलर जनरल इन्डियासँग अनुमति मागेको थियो । तर, सरकारले कुनै पनि निर्णय गरेन ।

भारतका लागि नेपाली राजदूत आचार्यले भारतमा आपतकालीन प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपालमा पनि ल्याउनका लागि पहल भइरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले खोप उत्पादन कम्पनी र भारत सरकारसँग निरन्तर कुराकानी गरिरहेका छौं,’ उनले दुवै कम्पनी र भारत सरकारका तर्फबाट सकरात्मक जवाफ पाएको बताए ।

सरकारले ७२ प्रतिशत जनसंख्यालाई कोभिड–१९ को खोप लगाउने तयारी गरेको छ । २८ प्रतिशत जनसंख्या १५ वर्ष मुनिको भएकाले उनीहरुलाई भ्याक्सिन आवश्यक नपर्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

Advertisement

कोभ्याक्सले २० प्रतिशत खोप प्रदान गर्ने भएकाले बाँकी ५२ प्रतिशत खोप सरकारले किन्ने तयारी गरेको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top