११ पुस, एजेन्सी ।
युगाण्डाको अल्बर्ट लामा डुंगा दुर्घटना हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ।
युगाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमा क्षेत्रमा रहेको तालमा डुंगा दुर्घटना भएको हो । तीव्र गतिमा चलेको हावाका कारण डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
दुर्घटनामा परेका कम्तिमा २१ जनालाई उद्धार गरिएको छ । कमजोर सुरक्षात्मक व्यवस्था तथा लगातार परिवर्तन भइरहने मौसमका कारण सो तालमा यस्ता खालका दुर्घटना हुने गरेका छन् ।
बुधबार युगाण्डाका दुई क्षेत्रमा ओहोरदोहोर गर्ने क्रममा दुर्घटना भएको हो ।